हुलाकी न्यूज,जनकपुरधाम : क्रिष्टियानो रोनाल्डो इटालियन सिरी ‘ए’ मा यो सिजन सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्।
यससँगै रोनाल्डो सिरी ‘ए’, ला लिगा र प्रिमियर लिगमा गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन्।
रोनाल्डोले यस सिजन २९ गोल गरे। जुन दोस्रो स्थानको रोमेलु लुकाकुभन्दा पाँच गोलले अगाडि हो।
रोनाल्डो रियाल मड्रिड र म्यानचेस्टर युनाइटेडबाट गोल्डेन बुट अवार्ड जितेका थिए।
एजेन्सी।