हुलाकी न्यूज,जनकपुरधाम :  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताहरुले जनकपुरधाममा दीप प्रज्वलन गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छिन्। आज राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपाधारा १ बमोजिम नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी हुन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रथम अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको अडानले राष्ट्रपतिले नागरिकता विद्येयक २०७८ जारी गरेको भन्दै सोही खुसीयालीमा दीप प्रज्वलन गरिएको छ। बेलुकाको साँझ पख ७ बजे जनकपुरको जनक चोकको कोणमा समाजिक दुरी कायम गरी दीप प्रज्वलन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.