हुलाकी न्यूज,जनकपुरधाम : निवर्तमान शहरी विकास मन्त्री एवम् एमाले नेता प्रभु साहले नेपाल नागरिकता अध्यादेश २०७८ प्रमाणीकरण भएकोमा आफू असाध्यै खुशी भएको बताउनु भएको छ।
नागरिकता नपाएको अवस्थामा लाखौं युवायुवती राज्यविहीन महसुस गर्दै सेवा सुविधाबाट बञ्चित रहेको बताए।
राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि नेता साहले आफ्नो अथक प्रयासबाट लाखौं जनताको नागरिकतासम्बन्धी समस्या समाधान हुने अन्तिम विन्दुमा पुगेकोमा हर्षित भएको र यसका लागि प्रधानमन्त्री एवम् राष्ट्रपतिलाई विशेष धन्यवाद दिन्छु’, उनले बताउनु भएको छ ।