नेतृत्व विकास समिति
नेतृत्व विकास समिति

हुलाकी न्यूज,जनकपुरधाम : कोरोना महामारीको दोस्रो भेरियण्ट नेपालमा त्रासदी मचाउन सुरु गरेसंगै सरकारले देशभरिनै लगाएको निषेधाज्ञाको २० दिन पुग्नै लाग्दा धनुषा जिल्ला विशेष प्रभावित जिल्ला गणनामा पुगेको छ ।

धनुषामा निषेधाज्ञा लगाइएको २० औ दिनमा पुगेपनि दैनिकरुपमा धनुषामा कोरोना संक्रमीत हुनेको संख्या उच्च रहेको छ।

नेतृत्व विकास समिति द्वारा महामारीको परिस्थितिमा अग्रपंक्तिमा रहेर खटेका धनुषा जिल्लाको प्रहरी चौकि धनौजिमा सेनिटाइजर ५ लिटर एक गेलन, ५०० ml सेनिटाइजर एक बोतल, २४ pc सेनिटाइजर २०० ml, फेस शिल्ड १० pc ,हेयर केप १२ pc,हेन्ड ग्लोभस १ पेकेट लगायतका स्वास्थ्य सामग्री फ्रन्टलाइनमा खटिने प्रहरीहरुको सुरक्षाका निम्ति चौकि इन्चार्ज अमित रोयलाई कार्यालयमा पुगि हस्तान्तरण गरेका हुन्।

यस अगिपनी नेतृत्व विकास समितिद्वारा निरन्तर  जनचेतना मुखि कार्यक्रम प्रदेश न २ गरिएको छ।

कुआश्रममा खाद्यान्न समाग्री वितरण,जिल्ला प्रहरीमा थुनुवाहरुको सुरक्षाका निमित्त स्वास्थ समाग्री वितरण,अक्सिजन ब्यबस्थापन, स्वास्थकर्मि लिएर घरमै पुगि उपचार, एम्बुलेन्स ब्यबस्थापन , रगत ब्यबस्थापन, जस्ता बिभिन् जनचेतना मुखि कार्यक्रमहरु गरेका हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.