हुलाकी न्यूज,जनकपुरधाम : कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबारको तुलनामा आज बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १९३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। हिजो कोरोनाका कारण मृत्यु हुनेको संख्या १२९ रहेको थियो।
पछिल्लो चौबिस घण्टामा देशभर ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ९६५ जनाको पीसीआर परिक्षण गर्दा ७ हजार ५९८ जनामा र ९३१ जनाको एन्टीजेन परिक्षण गर्दा ३१६ जनामा कोरोना देखिएको थियो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १३ हजार ५५७ पुगेको छ।