हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ मा कोभिड–१९ (कोरोना) बाट संक्रमित हुनेको संख्या दिनहुँ बढ्दै जाँदा उपचारका लागि जनताले हारगुहार गर्नुपर्ने अवस्था छ ।

कोभिड–१९ संक्रमण उच्च रहे पनि संक्रमित अधिकांश व्यक्ति होम आइसोलेसनमा बस्न बाध्य छन् । अस्पतालका शय्या भरिएका कारण गम्भीर समस्या भएका बिरामीले समेत समयमै उपचार पाउन नसकेको अवस्था छ ।

महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली महतोले प्रदेश २ मा दिनहुँदिन बढ्दै गएको कोभिड–१९ संक्रमणलाई वर्तमान समाधान गर्न उनले संघिय सरकार प्रदेश २ मा कोरोना नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको बताउनु भएको छ ।

आज मात्रै स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीसंग कुरा गरयौं उनले भनिन, ‘प्रदेश २ मा एकै पटक दुई लाख एन्टिजेन किट पठाउने सहमती भएको छ भने’ संक्रमण गाँउघर सम्म विस्तार भएकाले परिक्षण दायरा बढाउन प्रदेश २ मा विशेष प्याकेजको तयारी भइरहेको उनले जानकारी गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.