
हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुको कीर्ते दाबीका कारण देश मध्यावधिमा गएको बताए।
प्रधानमन्त्रीले आज संचारकर्मीसँगको अन्र्तक्रियामा भने, ‘विपक्षीको दाबी किर्ते, अलोकतान्त्रिक, असंसदीय र अस्वस्थ दाबी हो।
अरुको दलभित्र खेलेर, दलीय अनुशासन तोडाएर राष्ट्रपतिलाई पेश गरेर वैकल्पिक सरकार बन्छ? मेरो दाबीमा सरकार बने पनि विश्वासको मत प्राप्त गर्ने आधार नभएको र विपक्षीको त कुनै आधार नै थिएन।’