हुलाकी न्यूज,जनकपुरधाम : सिरहामा गत शनिबार थप ३ जनाको कोरोनाले गर्दा मृत्यु भएसँगै हाल कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ।
सिरहामा हालसम्म २ हजार ३ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ भने त्यसमा ७ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ ।
शनिबार ६० जनामा संक्रमण पुष्टि भएको संगै हालसम्म १ सय ३० जना संक्रमित निको भएका हुन् । सक्रिय संक्रमितको संख्या ५ सय ८९ रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताउनु भएको छ।हाल त्यसमध्ये ५ सय ५४ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।