हुलाकी न्यूज,जनकपुरधाम :जनकपुरधाम पुनह कोभिड–१९ क्विक रेस्पोन्स टिमका सदस्य राकेश बिक्रम साह, जितेन्द्र साह, संजय कुमार साह र मृतकका छोरा सरोज ठाकुर शर्मा मिलेर अस्पतालबाट शव उठाई स्वर्गद्वारसम्म पुर्याएर अन्तिम संस्कार समेत गरेका हुन्।
धनुषाको लक्ष्मिनीया गाउँपालिका वडा न ४ सपहीका निबासी ऊमर ६० बर्षीय रामप्रसाद ठाकुरको हिजो शनिबारको दिन प्रादेशिक कोभिड अस्पतालमा मृत्यु भएको थियो । ठाकुर कोरोना संक्रमित रहेका थिए भने ऊनको मृत्यु भएको घण्टौंसम्म पनि शव अस्पतालमै रहियो।
बुवाको मृत्यु भएलगत्तै उनका छोरा सरोज ठाकुर शर्माले जिल्ला प्रशासन कार्यालय पुगेका थिए तर शनिबारको दिन भएकोले कार्यालय बन्द थियो। ऊनले धेरै प्रयास गर्दा पनि सम्बन्धित सरोकारवालासँग सम्पर्क हुन सकेन। अनत्मा सरोजले आफ्नो बुवाको शव व्यवस्थापनको टुंगो नलागेपछि कोभिड–१९ क्विक रेस्पोन्स टिमलाई खबर गरेका थिए ।
शव व्यवस्थापनमा लागेका राकेश बिक्रम साहले भने, ‘सरोबारवाला निकायले वास्ता नगरेपछि आफुहरुले शवको व्यवस्थापन गरेका हौं । हाम्रा आफ्नै टिमको गाडिमा स्वर्गद्वारमा ल्याई मृतकको अन्त्येष्टि गर्यौं ।’ मृतकको शव व्यवस्थापनमा अस्पतालले समेत कुुनै चासो नदेखाएको साहको आरोप रहेको छ ।