हुलाकी न्यूज,जनकपुरधाम : अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले भारतमा यो वर्ष(२०२१)को अन्त्यसम्ममा ३५ प्रतिशतमा मात्रै भ्याक्सिन पुग्ने बताएको छ।

अहिले भ्याक्सिन वितरणको गतिलाई हेर्दै आईएमएफका अर्थशास्त्री रुचिर अग्रवाल र गीता गोपिनाथनले एक रिपोर्टमा यस्तो बताएका हुन्।

भ्याक्सिनको सवालमा गरिब देशहरुको भन्दा भारतको हालत फरक नहुने पनि उनीहरुले चेतावनी दिएका छन्।

कोरोनाको दोस्रो लहरले भारतको अवस्था थप खराब हुने पनि उनीहरुले बताएका छन्। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.