हुलाकी न्यूज,जनकपुरधाम :  सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणालाई असंवैधानिक भनेका छन्।

आज विज्ञप्ती जारी गर्दै संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन उनले आह्वान गरेका छन्।

“संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार गठन र प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा पनि प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु संवैधानिक कदम मान्न सकिदैन,” विज्ञप्तिमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.