हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा गत २४ घण्टामा ८,९८० जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १९,३५७ पीसीआर परीक्षणमा ८,५९१ र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा पोजिटिभ देखिएको हो।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ५,०५,६४३ पुगेको छ।
कोरोनासम्बन्धी कारणले आज १२९ जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा ६,१५३ जनाले ज्यान गुमाइसकेका छन्।