हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताएको छ।
प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र शाहले यस्तो बताएका हुन्।
आज आयोजित भर्चूअल कार्यक्रममा बोल्दै महतोले स्वास्थ्यपछि कृषि क्षेत्रलाई विषेश महत्व दिने बताए।
उनले भने, “पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा गर्नु हो। त्यसपछि कृषि क्षेत्र प्राथमिकतामा परेको छ।”