हुलाकी न्यूज,जनकपुरधाम : धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ९ स्थित कुशमाहा सतोषरको सप्तेश्वरनाथ महादेव सतोषर पोखरीमा आज बिहान एक बालिका डुबेर मृत्यु भएको छ।
पोखरीमा नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको मृतकका परिवारका सदस्यले समेत बताएका छन् ।
धनुषाको बिदेह नगरपालिका वडा नम्बर ७ जोगियरा टोल घर भइ बस्दै आएकी अन्दाजी बर्ष १० निक्की कुमारी रायको अन्य बच्चाहरु संगै नुहाउने क्रममा डुबेर मृत्यु भएको छ।
निज बालिका आफ्नै आफन्तको घर कुशमाहा जन्तिमा सामेल हुन केही दिन अघि मात्रै आएकी थिइन। घटना लगभग बिहान ११:३० बजेतिरको हो।
बच्चाको शव स्थानियहरुले पानीबाट निकालेर तुरुन्तैइलाका प्रहरी सबैलालाई खबर गरेका थिए । उक्त बालिकाको शवलाइ पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरी निरीक्षक इलाका प्रहरी सबैलाले बताउनु भएको छ ।



