हुलाकी न्यूज,जनकपुरधाम : बलिउड अभिनेत्री कंगना रनौतको अंगरक्षक कुमार हेगडेविरुद्ध मुम्बई प्रहरीमा बलात्कारको आरोपमा उजुरी परेको छ।
हेगडेमाथि एक ३० वर्षिय ब्युटिसियन महिलाले आफूलाई विवाह गर्ने भन्दै बलात्कार गरेको आरोप लगाएकी हुन्।
यस उजुरीमा महिलाले हेगडेले पहिले विवाहको लागि प्रस्ताव गरेको र त्यसपछि दुबै ‘लिभ इन रिलेसनसिप’ मा रहेको बताएकी छिन्।
महिलाले हेगडेले आफूबाट ५० हजार भारु लगेको पनि आरोप लगाएकी छिन्।एजेन्सी।