
हुलाकी न्यूज,जनकपुरधाम : सप्तरीको रुपनी गाउँपालिका वडा न ३ मा बस्ने एक महिलालाई बिहानपखको समयमा करेन्ट लागेर मृत्यु भएको छ।
आफ्नै घरमा जडान रहेको टि.भीको स्वीच अन गर्ने क्रममा करेन्ट लागि घाइते भएकी २४ बर्षीय अमृता देवी यादवको मृत्यु भएको छ।
सन्तोष यादवको श्रीमती अमृता देवीलाई घरमा करेन्टले घाइते पस्चात ऊनलाई उपचारको लागि नजिकै रहेको युनिक अस्पताल लादै क्रममा बाटोमै मृत्यु भएको थियो । उक्त यस घटना सम्बन्धि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले बताउनुभएको छ।



