
हुलाकी न्यूज,जनकपुरधाम : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई बहुमत सदस्यको आधारमा प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा त्यसो नगरेको भन्दै आपत्ति जनाएका छन्।
एक विज्ञप्ति जारी गर्दै देउवाले राष्ट्रपतिले आह्वान गरे अनुरुप आफूले १४९ सांसदको हस्ताक्षर पेर गरेको बताएका छन्।
राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई नीजि सम्पति जस्तो गरी आफू अनुकुल प्रयोग गरेको देउवाको आरोप छ।