हुलाकी न्यूज जनकपुरधाम : विश्वव्यापी प्रकाेप रहेकाे यस समयमा पनि राेट्रयाक्ट कल्व अफ पाेखरा युनिभर्सिटी द्वारा विभिन्न बैकल्पिक माध्यमहरु अपनाएर “घरबाटै सिकाै” भन्ने अभियानका साथ कार्यक्रम चक्र आयोजना हुँदै छ।
६ दिने कार्यक्रममा विभिन्न बिधाका उत्कृष्ट प्रशिक्षकले माइक्राेसफ्ट स्किल,वर्ड प्रेस, ग्राफिक्स डिजाइन र कन्टेन्ट राइटिङमा प्रशिक्षण दिनेछन।
कल्व स्थापित भएकाे १ बर्षमै विभिन्न समयमा विभिन्न किसिमका रचनात्मक कार्यक्रम गर्दै आइरहेकाे यस सँस्थाले याे पटक भने अलि पृथक कार्यक्रम गर्न लागेकाे सँस्थाका चार्टर प्रेसिडेन्ट राे.नवीन रजाैरे ले जानकारि दिनुभयाे।
कार्यक्रम जुन १ बाट जुन ९ सम्म सँचालन हुनेछ र विश्वविद्यालय भन्दा बाहिरका ब्यक्तिले बनी कार्यक्रम मा सहभागी जनाउन सक्नुहुनेछ।