हुलाकी न्यूज,जनकपुरधाम : धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित भडरियाबाट गत जेठ ७ गते सशस्त्र प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १ सिताचोक बस्ने २८ वर्षीय अमित कुमार चौधरी छन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडिझिझाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निट्राभेट ट्याब्लेट ८५ वटा, स्पास्मो क्याप्सुल २९ वटा र एक्जीप्लोन ६ बोतल फेला परेपछि पक्राउ गरिएको हो।

पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.