हुलाकी न्यूज,जनकपुरधाम : ट्वीटरले ४ वर्षपछि एकाउन्ट भेरिफिकेसनको आवेदन खुलाएको छ।
सन् २०१७ देखि रोकिएको भेरिफिकेसन २०२१ को मेमा आएर खुलाएको हो।
६ विद्याका लागि खुलाइएको भेरिफिकेसनका लागि संस्था, ब्राण्ड, मिडिया हाउस, पत्रकार, सरकारी व्यक्ति, सेलिब्रेटी, खेलकुद, अभियन्ता र आयोजकले आवेदन गर्न पाउनेछन्।
यसका लागि केही समयपछि ट्वीटरले आफ्नो साइटमा भेरिफिकेसन अप्सन राख्ने बताइएको छ।
एजेन्सी।