हुलाकी न्यूज, जनकपुरधाम : सर्लाहीको धनकौल गाउँपालिकामा एक वडाअध्यक्षको घरबाटै सरकारी मोटरसाईकल चोरी भएको प्रहरीले जनाएको छ ।

]गतराति धनकौल गाउँपालिका वार्ड न ४ को वडाअध्यक्ष भोगेन्द्र राय यादव उर्फ चुनचुन राय यादवको ना.१ ब. ३९०७ नम्बरको मोटरसाईकल घरबाटै चोरी भएको छ।

पल्लो घरको बरण्डामा राति गाडी लगाएर हामी सुत्न आयौ, भोली बर्षा भएकाले गाडीको बारेमा ध्यान गएन, बिहान करिब १ बजेतिर गाडी लगाएको घरमा आफन्तले कुनै समान लिन जादाँ गाडी नभएपछि गाडी चोरी भएको हामीले थाहा पाए, वडाअध्यक्ष बताउनुभएको छ।

वडाअध्यक्षकै घरबाट गाडी चोरी हुनु दुर्भाग्य रहेको बताउदै प्रहरीले आम नागरिकहरुलाई शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको जिकिर समेत गरे । समयमै गाडी बरामद गरी चोरीमा संलग्न जुनसुकै  कानुनको दायराभित्र ल्याई कडा कर्वाहीको माग गरेको वडाअध्यक्ष यादव ले बताए । यता चोरी भएको थाहा पाउने बित्तिकै हामीले जिल्ला र नजिकको प्रहरी चौकीमा जानकारी गराई खोजि कार्यलाई तिब्र पारेको धनकौल ईलाका प्रहरी कार्यलय सर्लाहीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.