हुलाकी न्यूज, जनकपुरधाम : सर्लाहीमा किसानहरुले उत्पादन गरेको खर्बुजा कुहिने अवस्थामा पुगेको छ ।

बरहथवा नगरपालिका ७ मा करिब रु १५ लाखको खर्बुजा महामारीका कारण बजार बन्द भएपछि बिक्री गर्न नपाएर किसान विशालराज गिरीले गुनासो फोखेका छन् ।

गिरीले राम्रो उत्पादन र आम्दानीको आशमा डेढ बिघा जमिन भाडामा लिएर खर्बुजा खेती गरेका थिए । खेतमा उत्पादन भएको खर्बुजा बिक्री गर्ने समयमा निषेधाज्ञा लागेपछि किसान समस्यामा परेका हुन् ।

खेतमा रहेको खर्बुजा जेठ अन्तिमसम्म बिक्री नभए कुहिने भन्दै जिल्लाका किसान समस्यामा परेका छन् । जिल्लामा कोरोेना सङ्क्रमण नियन्त्रणका लागि वैशाख २५ गते राति १२ बजेदेखि जारी निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.