हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाम स्तित राजा जनकको महल जानकी मन्दिरमा जानकी नवमी मनाइँदै छ । प्रत्येक वर्ष जानकी नवमी माता सीताको जन्म भएको दिनको रुपमा मनाइने गरिन्छ ।
कोरोना महामारीका कारण यो पर्व यस वर्षपनि प्रभावित भएको छ ।
नेपालमा कोरोना भाइरसको दोस्रो लहर तिव्र रुपमा फैलिरहेको समयमा धनुषामा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको कारण जानकी मन्दिरको मुल ढोका समेत बन्द गरिएको छ । आज जानकी जन्मोत्सव भएपनि जानकी मन्दिरको मुल ढोका बन्द नै रहेको छ ।
हजारौँको संख्यामा भिड हुनेे जानकी मन्दिरमा यस वर्ष पनि सामाजिक दुरु कायम गरी द्वीप प्रजोलन गरेको छ ।
जनकपुरधामका युवाहरु द्वारा मनमोहक रंगोली मन्दिरको चारै कुनामा बनाइएको छ भने १००० भन्दा बढी द्वीप प्रजोलन गरिएको छ।
जानकी महोस्तवको रमणीय दृश्यमा मंदिर भित्र माता जानकी जन्मेको उपलक्षमा बधाई गीत गानले गुन्जी रहेको छ ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले आज आ–आफ्नो घरमै पूजा अराधना गर्न सबैसँग आग्रह गरेका छन् ।
उनले भने, ‘कोरोनाको कारण प्रशासनले निषेधाज्ञा लगाएको छ भने मन्दिर पनि बन्द छ तर दैनिक पुजापाठ र जानकी नवमीमा हुने विधिहरुमा पूजापाठ गरिएको छ ।
जानकी नवमीको शुभ अवसरमा जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले १ किलो र निर्मला देवीले २५० ग्राम सुन यानी सवा किलो सुन जानकी मन्दिरमा चढाएका हुन् ।