हुलाकी न्यूज, जनकपुरधाम : रूसका राष्ट्रपति भ्लादिमीर पुटीनले रुस र चीनको सम्बन्ध इतिहासमै सबैभन्दा उचाईमा पुगेको बताएका छन्।
दुई देशबीचको सम्बन्ध यति सुमधुर यसअघि कहिल्यै नभएको उनले जनाए। चीनका राष्ट्रपति सी चिनफिङ र पुटिनले आज रूसी प्राविधिक सहयोगमा चीनमा स्थापना गरिएको न्युक्लियर रिएक्टरको संयुक्त रुपमा सुरुवात गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
“रूस र चीनको साझेदारी सबैक्षेत्रमा पुर्ण सफल छ,” उनले भने।



