हुलाकी न्यूज, जनकपुरधाम : वैशाख शुक्ल नवमीको दिन आदर्श नारी सीतामाताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी भव्यतासाथ मनाउँने गरिन्छ ।
यसगरि जनकपुरधाम उप-महानगपलिका वार्ड न २२ बसबिट्टीमा रामायण कालिन सरोवर र एतिहासिक स्थल रहेको छ।
जसमधये विश्व बिख्यात जगत जननी माता जानकीको जन्म स्थलीमा मात्रृ स्नेहक सम्मान प्राप्त गरेको कामधेनु गाई र माता जानकीको जन्म उपरान्त दुग्धपान गराऊना प्रकट भइ दुधको धार बढैत नदीको स्वरूप लिएको किब्दन्ति रहेको तेस नदीको नाम दुधमती रहेको छ।
प्रतेक वर्ष माता जानकीको जन्म दिवस अवसरमा दुधमतिमा दुधमती गरिमा संरक्षण समिती र एतिहासिक दुधमती संरक्षण साप्ताहिक सरसफाइ अभियानद्वारा विशेश पुजाअजा गरिन्छ।
तर विश्वरभर फैलिएको कोरोना महामारीको प्रशासन लगाएको निषेधाज्ञाको कारण यसवर्ष प्रभावित भएको छ ।
गत वर्ष पनि संक्रमण फैलिन नदिन गरिएको निषेधाज्ञाको कारण जानकी नवमी प्रभावित भएको थियो ।
यसवर्ष दुधमती गरिमा संरक्षण समिती र एतिहासिक दुधमती संरक्षण साप्ताहिक सरसफाइ अभियानले कम संख्यामा मानिस भेलागरी विभिन मनमोहक रंगोली र फुलहरुले सजाएर तथा दिप प्रजोलन गरि सामाजी दुरी कायमका साथगरि पुजाआजा सम्पन गरेका छन्।