हुलाकी न्यूज, जनकपुरधाम : दिनहुँ कोरोना संक्रमितजो संख्या बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गरी भोलि राति १२ बजेदेखि लागू हुनेगरी जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गौरमा बुधबार सम्पन्न बैठकले जेठ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
रौतहटका सिडिओ इन्द्रदेव यादवले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले सो अवस्था रोकथामको लागि निषेधाज्ञा गरिएको जानकारी दिए ।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ । सवारीका साधन संचालनमा समेत रोक लगाउने प्रशासनले निर्णय गरेको छ ।