हुलाकी न्यूज, जनकपुरधाम : वीरगञ्ज महानगरपालिकाका उपमेयर शान्ति कार्कीले कोरोनालाई जितेकी छन् ।
९१ वर्षकी उपमेयर कार्कीले आत्मबल बलियो बनाएकै कारण कोरोनालाई जित्न सकेकी हुन् ।
वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा उनको उपचार भएको हो ।
उनी सो अस्पतालकी पहिलो कोरोना संक्रमित बिरामी थिइन् ।