हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले हिन्दू धर्मालम्बीको आस्थाको केन्द्र माता जानकीको जन्मोत्सव अर्थात् जानकी नवमीका अवसरमा सम्पूर्ण नेपालीको दीर्घायु, सुस्वास्थ्य तथा उत्तरोतर प्रगतिको कामना गर्नुभएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जानकी नवमीको धार्मिक आस्थाका साथै जनकपुर र प्रदेश नं २ को गरिमालाई विश्वमै स्थापित गर्ने महत्वपूर्ण अवसर भए पनि विश्वभर त्रास मच्चाएको कोरोना महामारीका कारण विगतझैं भव्यता दिन नसकिएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ।
मुख्यमन्त्री राउतले यस विषम परिस्थितिमा माता जानकीको पूजा आ–आफ्नै घरबाट गर्दै कोरोना महामारीको अन्त्यका लागि कामना गर्न आग्रह गर्नुभएको छन् ।