हुलाकी न्यूज, जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका वडा न ११ लोटा गाउँका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मिल्दो जुल्दो कोरोना संक्रमितको लक्षण बिरामीको संख्या गाउँमा बढेपछि नगरपालिकाले ५४ जनाको स्वाव संकलन गरी परिक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाएका थियो ।
त्यसमध्ये मंगलबार आएको रिपोर्टमा ४६ जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाका अधिकृत रचिन्द्र डङ्गोलले बताउनुभएको छ।
संक्रमितहरु मध्ये जटिल देखिएका दुई जनाको सिन्धुलीमा उपचार भइरहेको बुझिएको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
सामान्य अवस्थाका कोरोना संक्रमितहरु अहिले होम आइसोलेशनमा रहेका छन् ।
संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य टोली त्यस गाउँमा खटाएको अधिकृत रचिन्द्र डङ्गोलले जानकारी दिएका हुन्।