
हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ सामाजिक विकास मन्त्रालयले महोत्तरीको जलेश्वर अस्पतालका लागि पठाएका ३ डाक्टरहरु बेपत्ता भएका छन्।
अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले ती चिकित्सकहरुलाई ६ दिनअघि पत्राचार गरेपनि सम्पर्कमा नआएको बताउनुभएको छ।
अहिले महोत्तरीको जलेश्वर अस्पतालमा कोरोनाका १० संक्रमितको उपचार भइरहेको छ ।
भेन्टिलेटरको आवश्यकता पर्ने संक्रमितलाई बाहिर पठाउने गरेको छ भने उनले मन्त्रालयले पठाएको डाक्टर सम्पर्कमा नरहेको र हाजिर हुनका लागि आवश्यक पहल गरिदिन सम्बन्धित निकायसँग पाण्डेले आग्रह गरेका छन् ।
यता, प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. प्रमोद यादवले मन्त्रालयले जलेश्वर पठाएका तीनैजना हिँडिसकेको बताए । उनले भने, ‘यहाँबाट गइसकेका छन् यदि हाजिर भएको छैन भने अस्पतालले सम्पर्क गर्नुपर्यो नी ।’ उनले उनीहरुको ड्यूटी समेट काटिसकेको बताउनुभएका छन्।