हुलाकी न्यूज,जनकपुरधाम : गत २४ घण्टामा नेपालमा ६,८९१ जनाले कोरोनालाई जितेका छन्।
केहीयता नेपालमा सङ्क्रमणमुक्त हुने सङ्ख्या बढ्दो छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा ३,५२,४१४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।
नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७४.६१ प्रतिशत निको भएका हुन्।