हुलाकी न्यूज,जनकपुरधाम : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप पाउनुपर्ने माग गरेका हुन्।

कांग्रेसको कोभिड-१९ अनुगमन समितिले गरेको प्रदेश २ स्तरीय अन्तरक्रियालाई भर्चुअल सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले हरेक नागरिकले खोप नपाउँदासम्म कांग्रेसले खबरदारी गर्ने बताए ।

महामारी नियन्त्रणमा सरकार असफल भइसकेको भन्दै सभापति देउवाले अझै पनि सरकार गम्भीर भए अवस्था सुध्रन सक्ने बताए । ‘यो सरकार गम्भीर छैन । सबै जनतालाई खोप लगाउनुपर्छ । सबैले खोप नपाउँदासम्म ओली सरकारलाई खबरदारी गर्नुपर्छ’, देउवाले भने । कोरोनाविरुद्धको लडाइँमा सरकारलाई प्रतिपक्षको सहयोग भएपनि सरकार आफैं उदासीन भएको देउवाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.