
हुलाकी न्यूज,जनकपुरधाम : सिरहाको लहान घर भएका ३५ वर्षीय अर्थोपेडिक डा. मुकेश चौधरीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।
अर्थोपेडिक डा. मुकेश चौधरी लहानमा डाइग्नोस्टिक सेन्टरका संचालक थिए।
महामारीमा पनि नागरिकको स्वास्थ्य सेवामा समर्पित उनी कोरोना देखिएसँगै ९ दिनदेखि होम आइसोलेसनमा थिए भने स्वास्थ्य जटिल बनेपछि उनलाई थप उपचारको लागि नोबेल अस्पताल भर्ना गरिएको थियो ।



