हुलाकी न्यूज, जनकपुरधाम : जनकपुरमा एम्बुलेन्समा यात्रु ओसार्ने एम्बुलेन्स र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरको पुलचोकबाट यात्रु ओसार्ने धनुषाको बटेश्वर गाउँपालिकाको एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएका हुन्।

ज १ च १६२० नम्बरको बटेश्वर गाउँपालिकाको एम्बुलेन्स चालकसहित नियन्त्रणमा लिइएको धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताउनुभएको छ।

यात्रुसँग १६ हजार ५ सय रूपैयाँ लिएर जनकपुरको पुलचोकबाट झापाको विर्तामोड जाँदै गर्दा सूचनाको आधारमा धनुषाको ढल्केबरबाट पक्राउ गरिएको न्यौपानेले बताए।

चालक र एम्बुलेन्स प्रहरी नियन्त्रणमा छ भने यसबारे थप अनुसन्धान भइरहेको उनले बताए। महामारीको बेला स्थानीय प्रशासनले लगाएको निषेधाज्ञामा व्यक्तिगत रुपमा एम्बुलेन्स प्रयोग बढेपछि प्रहरीले निगरानी बढाएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.