हुलाकी न्यूज, जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायव निरीक्षक रामरेख राय यादवलाई वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेका छन्।
विभिन्न अपराधमा संलग्न अभियुक्तहरुलाई जोखिम मोलेर पक्राउ गरेकाले उनी उत्कृष्ट प्रहरी घोषित भएका हुन्। धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश राणाभाटले विज्ञप्ती जारी गरेर प्रहरी नायव निरीक्षक यादव जोखिमपुर्ण एवंम साहसिपुर्ण कार्य गरेकाले उच्च मुल्याङ्कन गर्दै वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको जानकारी दिएका छन् ।
प्रहरी नायव निरीक्षक यादवले नै हंसपुर नगरपालिका ६ का शम्भु मण्डललाई हत्या गर्ने श्रीमती शुशिला मण्डल, कान्छो भाई सुनिल मण्डल र विनोद कुमार महतोलाई पक्राउ गर्न सफल भएका थिए ।