हुलाकी न्यूज, जनकपुरधाम : निषेधाज्ञाकै बीच जनकपुरधाममा कोरोना संक्रमितको संख्या दिनहुँ बढेसँगै रेडक्रसमा र जनकपुरका बिभिन अस्पतालमा देखिएको रगतको चरम अभाव पूर्तिका लागि NSU / RRM क्याम्पस कोविड १ quick द्रुत प्रतिक्रिया टोली द्वारा नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयमा रक्तदान कार्यक्रम गरिएका छन्।

महामारीको समयमा समाजिकदुरी कायम गरि रक्तदान कार्यक्रममा सफल गरिएको छ। यस रक्तदानमा कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन्।

विभिन्न अस्पतालहरुमा ‘फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजसेवी युवा बलराम गुप्ताले बताए ।
उक्त संस्थाले यसअधि पनि विभिन्न किसीमका समाजिक कार्य तथा नागरिकका सरोकारसंग सम्बन्धित विभिन्न किसीमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
नेविसंधको रा.रा.ब एकाई कमिटीको अध्यक्ष सुजित यादवले भने एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई धन्यवाद र विशेष आभार प्रकट गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.