हुलाकी न्यूज, जनकपुरधाम :जनकपुरधाममा प्रादेशिक अस्पतालको लापरबाहीका कारण  एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक कोभिड अस्पताल जनकपुर
प्रादेशिक कोभिड अस्पताल जनकपुर

अस्पतालले समयमै आईसीयु र भेन्टिलेटर उपलब्ध नगराउँदा महोत्तरीको औरही नगरपालिका–८ टिमकियाका ५५ वर्षीय श्याम यादवको मृत्यु भएको छ भने यादवलाई प्रादेशिक अस्पतालमा उपचारमा कुनै लापरबाही नगर्न उनको परिवारजनले आग्रह गरेपनि अस्पतालले उपचारमा लापरबाही गर्दा उनको मृत्यु भएको उनका छोराले बताएका छन् ।

प्रादेशिक अस्पताललाई आइसीयू र भेन्टिलेटरका लागि जति गुहार गरेपनि अस्पताल प्रशासनले कुनै सुनुवाई नगरेको मृतकका छोराको आरोप रहेको छ । श्याम यादव गत बैशाख ३० गते कोरोना संक्रमित भएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.