हुलाकी न्यूज, जनकपुरधाम : जनकपुरधाममा फ़ूड बैंक धनुषाले कोरोना सङ्क्रमित बिरामी तथा बिरामका कुरुवाहरुलाई निःशुल्क शुद्ध एवं पौष्टिक खाना खुवाइएको छ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि फ़ूड बैंक धनुषाले विहान र बेलुकाको समयमा कोरोना सङ्क्रमितलाई निःशुल्क खाना खुवाइएको हो।
विपद्को समयमा कोरोना सङ्क्रमित भएर अस्पताल बसेका बिरामीलाई थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले फ़ूड बैंक धनुषाले गत शनिवार देखि जनकपुरधामका विभिन अस्पतालमा रहेका बिरामीलाई खानाको व्यवस्था गरिएको सामाजिक स्वक्षता अभियन्ता दीपककुमार चौधरीले जानकारी दिएका हुन् ।
यसैगरि सामाजिक स्वक्षता अभियन्ता रुबीझाले सम्पूर्णसंग अग्ररगरेकी छिन् समाजका महानुभावहरु, आइसोलेशन तथा हस्पिटलमा रहनु भएका महानुभावहरु, जसको लागि खाना बनाइदिने र पुर्याउने कोही छैन वहाँहरुको सेवाको लागि फ़ूड बैंक धनुषाले जनकपुरधाम भित्र विहान र बेलुकाको समयमा निःशुल्क खाना पुर्याउने व्यवस्था गरेका हुँदा आवश्यक पर्ने महानुभावहरुले फोन तथा ह्वाटएप्स गरी सेवा लिनुहुन अनुरोध गर्दछौं । भोजन बुकिङ समय: विहानको लागि: ७ बजे देखी ८:३०बजेसम्म साँझको लागि: २ बजेदेखि ३:३० बजेसम्म सम्पर्क नम्बर 9802940004 ,9854027707 9816812500 संक्रमित तथा संक्रमित को परिवारको शीघ्र स्वास्थ्य लाभको लागि कामना गर्दछौं