हुलाकी न्यूज, जनकपुरधाम : कोरोना संक्रमणबाट महोत्तरीमा थप तीनजनाको मृत्यु भएको छ। यससँगै कोरोनाको दोस्रा लहर शुरु हुँदा महोत्तरीमा हालसम्म २२ जनाको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आइतबार बिहान उनीहरुको मृत्यु भएको छ ।औरही नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुष, गौशाला नगरपालिकाका वडा नम्बर ४ का ४० वर्षीय पुरूष र सम्सी गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको कोरोना फोकल पर्सन प्रतिभा सिंहले बताउनुभएको छ।

औरहीका पुरुषमा बैशाख ३० गते, गौशालाका पुरुषमा बैशाख २८ गते र सम्सीका पुरुषमा जेठ १ गते कोरोना संक्रमण देखिएको थियो ।औरहीका पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाम, गौशालाका पुरुषको स्थानीय आइसोलेसनमा र औरहीका पुरुषको जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिंहले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.