हुलाकी न्यूज, जनकपुरधाम :जनकपुरधामको सडकमा हिड्दा-हिड्दै एक पुरुषको मृत्यू भएको छ। यो घटना शनिवार दिउँसोको हो।
जनकपुरधामको मिल्स एरिया चोकस्थित सडकमै अन्दाजी ४० वर्षीय पुरुषको मृत्यू भएको छ। मृतक पुरुष जनकपुरधाम उपमहानगरपालिका १ का शत्रुधन सदाय रहेको प्रहरीले जनाएका छ।
मदिरा सेवन गर्ने गरेको र खाना समेत नखाने गरेका कारण कमजोरीले उनको मृत्यू भएको हुनसक्ने आफ्न्तले बताएका छन्। मृतक सदाय प्लाष्टिक संकलन गर्ने व्यक्ति भएको बुझिएको छ । सडकबाट उनको शव आफ्न्तले लगेका हुन् ।