हुलाकी न्यूज, जनकपुरधाम : कोभिड–१९ को अहिलेको महामारीका क्रममा स्वास्थ्य विशेषज्ञहरुले सम्पूर्ण मानवजातिलाई शारीरिक र मानसिक दुबै रुपले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन कुरामा जोड दिएका छन् ।

स्वास्थ्य विशेषज्ञका अनुसार अहिलेको विपरित परिस्थितिहरुमा मानिसले कोभिडसंग सम्बन्धित जानकारीहरुप्रति पनि विशेष सावधानी अपनाउनु पर्छ ।

किनभने अहिले सामाजिक सञ्जालमा विभिन्न प्रकारका भ्रामक खबरहरु फैलिएका छन् ।

सामाजिक सञ्जालमा मास्कको प्रयोगको बारेमा पनि केही दावीहरु गरिएका छन्, जसको वास्तविकता यस्तो छ :

लामो समयसम्म मास्कको प्रयोगले शरीरमा अक्सिजनको कमी हुन्छ भन्ने खबरमा भारत सरकारको प्रेस सूचना व्यूरो (पीआईबी) ले ट्वीटको माध्यमबाट खण्डन गर्दै मानिसहरुलाई जागरुक गरेको छ ।

ट्वीटमा त्यस प्रकारको दावी पूर्ण रुपले झुठो भएको र उक्त खबरमा विश्वास नगर्न भनिएको छ ।

कोरोनाको संक्रमणबाट बच्नका लागि सही तरिकाले मास्कको प्रयोग गर्नु अति नै आवश्यक छ ।

मास्क लगाउने सही तरिका कस्तो हो ?

विशेषज्ञहरुका अनुसार यदि वर्तमान स्थितिमा मानिसहरुले सही तरिकाले मास्क लगाउन सिके भने हामी छिट्टै कोरोना संक्रमणमा नियन्त्रण पाउन सक्छौं ।

यहाँ मानिसहरु मास्कलाई नाकभन्दा तल अथवा चिउँडोमा लगाएको देखिन्छ ।

यदि मास्कले मुख र नाक राम्रोसंग ढाकेन भने मास्कको प्रयोगको कुनै फाइदा हुँदैन ।

मास्क लगाउँदा राम्रोसंग नाक र मुखमा कसिएको हुनु पर्ने कुरामा ध्यान दिनु पर्छ ।

कस्ता मास्क राम्रा ?

विशेषज्ञहरु भन्छन् –‘एनी मास्क इज बेटर देन नो मास्क । जुन मास्क लगाए पनि त्यसले राम्रोसंग मुख र नाक छोपिएको हुनु पर्छ । एन–९५ मास्कलाई सबैभन्दा राम्रो मानिन्छ, किनभने त्यसले भाइरसलाई राम्रोसंग फिल्टर गर्छ । त्यसपछि सर्जिकल मास्कलाई राम्रो मानिन्छ । यदि यी दुबै मास्क छैन भने कपडाले बनेको डबल मास्क लगाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.