हुलाकी न्यूज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ ।
बिहिबार भक्तपुरमा बसेको बैठकले महतोलाई दलको नेता चयन गरेको एक जसपा नेताले जानकारी दिएका हुन् ।
बिहिबार पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता महतो आफू पक्षीय नेतालाई लिएर भक्तपुरको सूर्यविनायकस्थित एक रिर्साटमा पुगेका थिए ।
बहुमत सदस्यको आधारमा महतोलाई संसदीय दलको नेता चयन गरेको ती नेताले बताए । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।