हुलाकी न्यूज, जनकपुरधाम : धनुषाको ढल्केवरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। मृतक पहिचान भने खुल्न सकेको छैन ।
बिहिबार बेलुकातिर ढल्केवरस्थित मिथिला नगरपालिकाको कार्यालय अगाडि पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४६ प ८२१७ नम्बरको मोटरसाइकलले पहिचान खुल्न नसकेको व्यक्तिको ठक्करबाट मृत्यु भएको हो ।पहिचान खुल्न नसकेको व्यक्तिले एक्कासी बाटो काटेपछि ठक्कर लाग्न पुगेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले हालसम्म नामथर, वतन नखुलेका अन्दाजी ३१ बर्षिय युवाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको बताउनु भएको छ।
उनले ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्री युवालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएकोमा अस्पतालनमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिराटनगरस्थित न्यरो अस्पताल लैजाने क्रममा बिहान ४ बजेतिर बाटोमै मृत्यु भएको जनाएका छन्।
मृतक युवकको लास सोही अस्पतालमा राखिएको बुझिएको छ ।यता ठक्कर दिने मोटरसाइकल प्रहरी नियण्नत्रमा लिएको छ भने त्यसका चालक झापा हल्दीबारी गाउँपालिका १ रामचौक बस्ने बर्ष २१ को नवराज ओली र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २१ बर्षिय मिलन कटुवाल सामान्य घाइते भएको छ ।