हुलाकी न्यूज,जनकपुरधाम: जनकपुरधाका प्रसिद् संकटमोन मन्दिरका पूजारीको निधन भएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-९ स्थित संकटमोचन मन्दिरका पूजारी ५२ वर्षीय ऊमरका महेश दास बैष्णवको गतराती बिहीबार बेलुका उच्च रक्तचापका कारण मस्तिष्कमा सिभिडी भएपछि निधन भएको छ। उनी विगत लामो समयदेखि संकटमोचन मन्दिरको पूजारी थिए ।

अचानक बल्डप्रेसर बढेपछि पूजारी दासलाई बिहीबार दिउँसो ३ बजे काव्या अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पताल भर्ना गरिएको समयमा उनी बोल्न सक्ने अवस्थामा समेत थिएनन् भने उनका बल्डप्रेसर लेभल १६०/११० देखिएपछि साँझ ६ बजे आईसीयूमा राखेर उपचार जारी राखेपनि बचाउन नसकिएको अस्पतालले जनाएका थिए।उनको उपचारको क्रममा साँझ निधन भएको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.