हुलाकी न्यूज ,जनकपुरधाम : पेट्रोल पम्पमा पे्टरोल भराउँदै गरेको अवस्थामा एक सरकारी नम्बर प्लेटको गाडीमा आगलगी भएको छ ।

विहिबार दिउँसो करि ३ः३० बजेको समयमा सिरहाको चोहर्बा स्थित रहेको पेट्रोल पम्पमा सो मोटरसाईकलमा आगलगी हुँदा केही भाग जलेको प्रहरीले जनाएका छन् ।

सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ स्थित रहेको गोपाल पेट्रोल पम्पमा स १ ब १०४६ नम्बरको मोटरसाईकलमा आगलगी भएको हो । पेट्रोल पम्पमा तेल हाल्न जाँदा अचानक आगलगी भएको बताइन्छ ।

सो पम्पमा आगो निभाउने उपकरण नभएको कारण पनि मोटरसाईकलको केही भाग जलेको हो । पम्पमा सो यन्त्र भएको भए मोटरसाईकल सुरक्षित हुनेथियो । सो मोटरसाईकल कर्जन्हा नगरपालिकाका कर्मचारी सरोज पासवानले चलाउँदै आएका थिए । आगलगीबाट गाडीको केही भाग जलेको तथा अधिक नोक्सानी हुनबाट जोगिएको बताइएको छ । स्थानीयहरुले आगोलाई तुरुन्तै नियन्त्रणमा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.