हुलाकी न्यूज ,जनकपुरधाम : सर्लाहीमा कोरोना संक्रमण बढ्दो क्रममै रहेकाले निषेधाज्ञाको समय बढाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताउनुभएको छ।
सर्लाही जिल्लाभर वैशाख २५ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । आज गरिएको निर्णय अनुसार वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गतेसम्म निषेधाज्ञा लागु हुनेछ ।
निषेधाज्ञाका बेला खाद्यान्न, फलफूल, तरकारी, दुध, ग्याँसका पसलहरु मात्र विहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी तामाङले सूचना जारी गरेका छन् ।