हुलाकी न्यूज ,जनकपुरधाम : सगरमाथा आरोहणका क्रममा दुई जना विदेशी आरोहीको ज्यान गएको छ ।

स्विट्जरल्यान्डका अब्दुल वारिच र अमेरिकाका पुवे लिउको ज्यान गएको पर्यटन विभागकी निर्देशक एवम् सगरमाथा आधारशिविर सम्पर्क अधिकृत मीरा आचार्यले जानकारी दिनुभयो ।

अब्दुल वारिचको सगरमाथा आरोहण गरेर फर्कने क्रममा चौथो शिविरमा बसेकै ठाउँमा र पुवे लिउको शिखरतर्फ जाँदै गर्दा सात हजार नौ सय मिटरको उचाइमा ज्यान गएको आचार्यले जानकारी दिनुभयो ।

लिउको हिउँका कारण आँखाको ज्योति गुमेपछि ज्यान गएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । हिजोसम्ममा अनुमति लिएका आरोही र उनीहरुका सहयोगी समेत गरी झण्डै एक सय ७० जनाले आरोहण गरेका छन् । आज भने आरोहण भएन ।मौसम प्रतिकुल बनेकोले अहिले आरोहीहरु अनुकुल मौसमको पर्खाइमा रहेका सम्पर्क अधिकृत आचार्यले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.