हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ मा दिनहु कोरोना संक्रमितले ज्यान गुमाइरहेका छन् भने यस्तो बेला अस्पतालको स्तारोन्नति, सेवा प्रभावकारी बनाउन अस्पतालका निरीक्षण गर्नुपर्ने मन्त्रीहरु भने मन्दिर निरीक्षण्मा व्यस्त छन् ।

प्रदेश नं २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योगमन्त्री रामनरेश रायले बुधबार सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका भित्रको विभिन्न मन्दिरको निरीक्षण गरेका हुन् ।

सामाजिक विकास मन्त्रीका स्वकीय सचिव राजकुमारले सामाजिक सञ्जालमा दुवै मन्त्रीले मन्दिर तथा पर्यटकीय स्थल निरीक्षण गरिरहेको तस्वीर समाजिक संजालमा राखेका छन् ।

दबै मन्त्रीले वैरवाको विवाह मण्डप, योगिनियाको वोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षण गरेको मन्त्रीका स्वकीय सचिवले पोस्ट मार्फत जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.