
हुलाकी न्यूज,जनकपुरधाम : दोलखाका एकै परिवारका तीन दिदीबहिनीले सगरमाथाको चुचोरोमा पुग्नसफल भएका हुन् ।
दोलखास्थित गौरीशंकर गाउँपालिका-९ बेदीङका दिदी-बहिनी निमा जाङ्बु शेर्पा (वर्ष ३०) छिरिङ नाम्गे शेर्पा (वर्ष २६) र दावा फुटी शेर्पा (वर्ष २४) ले आज विहान ७ बजेको वरिपरि सगरमाथा चुचुरोमा पुगेका हुन् ।
यी दिदी-बहिनीले तीन वर्षभित्र सात वटै महादेशका उच्च हिमाल चढेर विश्व रेकर्ड समेत राख्ने उद्देश्य रहेको बताएका छिन्।
सगरमाथा आरोहणका लागि काठमाडौंबाट जाने क्रममा केही समय अघि मात्र सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले उनीहरुलाई विदाई गरेका थिए ।



