हुलाकी न्यूज,जनकपुरधाम : भारतले २ देखि १८ वर्षका उमेर समूहका लागि पनि कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरेको छ ।
यो तयारी सम्भव भए क्यानडा र अमेरिकापछि सफलता हासिल गर्ने भारत तेस्रो राष्ट्र बन्नेछ । भारतको समाचार एजेन्सीका अनुसार भारतले यो उमेर समूहका लागि पनि भ्याक्सिन तयार गर्दैछ ।
सेन्ट्रल ड्रग्स स्टयाण्डर्ड कन्ट्रोल अर्गनाइजेशनको सब्जेक्ट एक्सपर्ट कमिटीले मंगलबार २ देखि १८ वर्ष उमेर समूहका लागि भारतको बायोटेकको कोभ्याक्सिनको दोस्रो तेस्रो ट्रायलको स्वीकृति दिएको छ ।
यो ट्रायल एम्स दिल्ली र एम्स पटना तथा नागपुरको मेडिट्रिना इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा ५२५ विषयमाथि गरिने छ ।
भारतीय चिकित्सा अनुसन्धान परिषदको सहयोगमा बायोटके स्वदेशी रुपमा विकसित गरेको कोभ्याक्सिनको उपयोग भारतमा १८ वर्षमाथिको उमेरलाई गरिराखेको छ ।